तपाईँ सुन्दै हुनुहुन्छः

काँकरभिट्टा नाकाबाट दशहजार बढी इ–रिक्सा आयात

भद्रपुर, झापा। वितेको पाँच वर्षमा काँकरभिट्टा नाका भएर १० हजारबढी इलेक्ट्रिक रिक्सा आयात भएको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०८०/०८१ भित्र काँकरभिट्टा नाका भएर ८९ करोड ४३ लाख ३६ हजार ६४ रुपैयाँ बराबरको १० हजार १६४ थान इलेक्ट्रोनिक्स रिक्सा आयात भएका छन्  ।

त्यसतको संख्यामा इलेक्ट्रिक इ–रिक्सा आयात हुँदा ३१ करोड ३७ लाख ३२९ रुपैयाँ राजस्व संकलन भएको मेची भन्सार कार्यालयका सूचना अधिकृत गणपति कँडेलले जानकारी दिनु भयो ।

यो नाका भएर साना र मझौला सवारीसाधन मात्र आयात हुने गरेको कार्यालयले जनाएको छ । अभिलेख अनुसार ट्रयाक्टर, फरक क्षमता (अपाङ्ता) भएका व्यक्तिले प्रयोग गर्ने तीनपांग्रे स्कुटी र इलेक्ट्रिक रिक्सा काँकरभिट्टा नाका भएर आयात हुने गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा ४१ करोड २० लाख ३९ हजार ९५९ रुपैयाँ बराबरको ४ हजार ६४५ थान इलेक्ट्रोनिक्स रिक्सा आयात भएको छ । त्यसबाट १४ करोड ६६ लाख १६ हजार ४६२ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष ०७६/०७७ मा १ हजार ३२ वटा, आर्थिक वर्ष ०७७/०७८ मा १ हजार ११५ वटा, आर्थिक वर्ष ०७८/०७९ मा एकहजार पाँच सय ४३ र आर्थिक वर्ष ०७९/०८० मा १ हजार ८५९ वटा र १ हजार बढी इ–रिक्सा आायत भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button