कञ्चनपुरको मध्यभागमा विधुत सेवा अवरुद्ध
कञ्चनपुर । गएराति परेको अविरल वर्षका कारण कञ्चनपुरको चौधर नदिमा आएको बाढी लालपुर(कलुवापुर आउने ३३ केभि विधुत प्रसारण लाइनको पोल बगाएको छ ।
बाढीले पोल बगाएपछि जिल्लाको मध्यभागमा रहेका तिनवटा पालिकाहरू शुक्लाफाँटा ,बेलौरी र पुनर्वास नगरपालिकामा राति वाट विधुत सेवा अवरुद्ध रहेको विधुत प्रसारण केन्द्र महेन्द्रनगरका प्रमुख चुदुन्न कुमार श्रीवास्तवले बताउनु भएको छ।
उहाँले बाढीले चौधर नदिको किनारमा गाडिएको पोलको वरपरको माटो कटान गरेकाले पोल बगाउँदा समस्या आएको र अहिले तत्कालै आवश्यक समग्र र उपकरण सहित प्राविधिक टोली खटाइएको बताउनु भयो ।
उहाँले आज साझ सम्म विधुत सेवा सुचारु गराउने भरपुर प्रयास गरिने बताउनु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्