सिराहाको सलहेश फुटबल क्लब, ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा
ताप्लेजुङ । सिराहाको सलहेश फुटबल क्लब दोस्रो आमन्त्रित ताप्लेजुङ गोल्डकपको सेमिफाइनल पुग्ने दोस्रो टिम बनेको छ ।
पाँचथर वाइवाई फुटबल क्लब पाँचथरलाई १–० गोल अन्तरले पराजित गर्दै सहलेशले अन्तिम चारमा स्थान बनाएको हो । सलहेशका लागि खेल सुरु भएको ४१ औँ मिनेटमा जय गुरुङले गरेको गोल नै खेलको निर्णायक बन्यो ।
भानजन माविको खेलमैदानमा (भोली) बुधवार हुने तेस्रो क्वाटर फाइनल खेलमा समूह ‘ए’ मा रहेका रुपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लबले सगरमाथा युथ क्लब मोरङको सामना गर्ने छ ।
यस वर्षको गोल्डकपका विजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छन् ।
प्रतिक्रिया राख्नुहोस्