बाजुरा जिल्ला अदालत २ महिनादेखि न्यायाधीश विहीन
बाजुरा । जिल्ला अदालत बाजुरा २ महिना देखी न्यायाधीश विहीन बनेको छ । अदालतमा कार्यरत न्यायाधीश लालकाजी श्रेष्ठ बिदामा बसेपछि जिल्ला अदालत बाजुरा न्यायाधीश विहीन बनेको हो ।
एक जना न्यायाधीशको दरबन्दी रहेको जिल्ला अदालत बाजुरामा २ महिना देखि न्यायाधीश नहुँदा न्यायसम्पादन समेत प्रभावित भएको छ । दरबन्दी बमोजिम कार्यरत न्यायाधीश लालकाजी श्रेष्ठ असार पहिलो साता बिदा लिएर बेलायत भ्रमणमा गएपछि जिल्ला अदालतबाट हुने न्याय सम्पादनका कामहरू प्रभावित भएका जिल्ला बार एसोसिएसन बाजुराका अध्यक्ष पुरबहादुर रावतले बताउनुभयो ।
दुई महिनादेखि बिदा लिएर विदेश भ्रमणमा रहेका न्यायाधीश लालकाजी श्रेष्ठ विदेशबाट फर्किए लगत्तै काज सरुवा भइसक्नुभएको र बाजुरामा न्यायाधीश कहिले आउने भन्ने कुराको टुङ्गो नलागेकाले न्याय सम्पादन थप प्रभावित हुने कानुन व्यवसायीको भनाइ छ।








प्रतिक्रिया राख्नुहोस्