सुदूरपश्चिममा आज ‘ओल्के’ संक्रान्ति हर्षोल्लासका साथ मनाइँदै

कञ्चनपुर । सुदूरपश्चिममा आज भदौ १ गते ओल्के संक्रान्ति हर्षोल्लासका साथ मनाईदैछ । ओल्केे भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ ।
आफूभन्दा ठुलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रही आएको छ । यसका साथै बिहानै नुहाई धुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्के अर्थात् उपहार दिने पनि गरिन्छ ।
वर्षा पछि सङ्कटबाट बचेको र नवजीवन प्राप्त भएको खुसीयालीमा यस क्षेत्रमा ओल्के मनाउने प्रचलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए । यो दिन ओल्केको रुपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ,गूड र पक्वान्न आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन रहेको छ । धेरै जसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्के हाल्दछन् ।
यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाहरूको मौलिक पर्व रुपमा पनि रही आएको छ । भने सिंह सङ्क्रान्ति पनि भन्ने गरिएको छ । ओल्के भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही बस्तु वा उपहारलाई जनाउँछ । यो पर्ब विशेषमा ओल्के का रुपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ,गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ भने अचेल लुगा कपडा, पैसा वा यस्तै अन्य उपहार समेत दिने गरिन्छ ।
ओल्के परापुर्वकालमा केही बर्ष अघि सम्म ठुलाबडालाई साना जातकाले चिनो बस्तु चढाउने दिनका रुपमा समेत रही आएको छ








प्रतिक्रिया राख्नुहोस्