नहरमा डुबेर बालकको मृत्यु
चितवन । चितवनमा एक बालकको पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ ।
आज दिउसो सवा ३ बजे भरतपुर महानगरपालिका–२ स्वामी चोक नजिकैको नहरमा पौडी खेल्ने क्रममा भरतपुर –११ बसेनी डेरा गरी बस्ने सोनी परियारको छोरा वर्ष १० को एल्सन परियारको मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा डुबेका परियारलाई प्रहरी विपद् टोलीले उद्धार गरी जिल्ला सरकारी अस्पताल भरतपुर पठाइएकोमा सवा ५ बजे मृत्यु भएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्