‘डिजिटल पेमेन्टका अस्पष्ट प्रावधान परिमार्जन गर्ने गरी नयाँ ऐन आउँछ’
काठमाडौँ । प्रतिनिधि सभा, अर्थ समितिले बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० माथिको छलफलका क्रममा आज सरोकारवालाहरूसँग आज छलफल गरेको छ ।
बैठकमा महान्यायाधिवक्ता रमेश बडालले डिजिटल पेमेन्टका विषयमा बैङ्किङ कसुर ऐनमा रहेका पुराना र अस्पष्ट प्रावधानहरूलाई परिमार्जन गर्ने गरी नयाँ ऐन आउने बताउनुभयो ।
यसैगरी, गभर्नर महाप्रसाद अधिकारीले बैङ्क तथा वित्तीय संस्थाप्रति अफवाह फैलाउने व्यक्तिलाई कसुरजन्य अपराध मानेर कानुनी दायरामा ल्याउने गरी ऐनमा व्यवस्था गर्न आग्रह गर्नुभयो ।
समिति सदस्यहरुले उठाएका विषयमा गभर्नर अधिकारीले चेक अनादरको विषय फौजदारी नमानी लेनदेनको विषय बनाउनुपर्ने पनि सुझाव दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्