तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा चार हजार बढी साना तथा घरेलु उद्योग

जुम्ला I जिल्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका चार हजार दुई सय १६ उद्योग दर्ता भएका हुन् । 

गत आवमा दुई सय चार नयाँ साना उद्योग दर्ता भएका उक्त कार्यालय निमित्त प्रमुख विनोदकुमार बानियाँले बताउनुभयो । दर्ता भएका उद्योगमध्ये उत्पादनमूलकतर्फ १०,कृषि तथा वनजन्य एक सय २२, सेवामूलक ६८ छन् । गत आवमा रु २४ लाख राजस्व सङ्कलने भएको छ ।

यसैबीच, उक्त कार्यालयले  गत आवमा आठवटै स्थानीय तहका दुई सय चारजनालाई विभिन्न  सीपमूलक तालिम प्रदान गरेको जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button