तपाईँ सुन्दै हुनुहुन्छः

भिरबाट लडेर बालिकाको मृत्यु

डोटी । डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ मछिन्तोलाका उमा साउँदकी करिब १४/१५ वर्षीय छोरी रूपा साउदको घोडसिंगे भिरबाट लडेर मृत्यु भएको ९ नम्बर वडा कार्यालयले जानकारी दिएको छ ।

वडा अध्यक्ष हर्कबहादुर साउदका अनुसार बालिकाको दिउँसो चर्केलेक आसपास घाँस काट्दै गर्दा भिरबाट खसेर मृत्यु भएको हो ।

मृतक रूपा स्थानीय विद्यालयमा कक्षा ६ मा अध्ययनरत रहेको अध्यक्ष साउदले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button