तपाईँ सुन्दै हुनुहुन्छः

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु 

दाङ । दाङमा  श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ९ स्याले निवासी चक्र बहादुर ‘श्याम कुमार कुमाल’को कुटपिटबाट उनकी श्रीमती अन्दाजी ४० वर्षीय ईश्वरी कुमालको घटनास्थलमै मृत्यु भएको हो । घटना मङ्गलबार बेलुका करिब ८ बजेको हो ।

कुटपिटबाट मृत्यु भएकी ईश्वरीलाई छोडेर श्याम कुमार घर छोडेर भागेका थिए । उनलाई जलकुन्डीबाट गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । मृतकका श्रीमान् श्याम कुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो।

स्थानीयका अनुसार कुमाल दम्पती दैनिक जसो मादक पदार्थ सेवन गर्ने, झैझगडा गर्ने गर्दथे । अहिले ईश्वरीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button