सर्पको टोकाईवाट वालिकाको मृत्यु,आमा गम्भीर घाइते
दाङ । दाङमा सर्पको टोकाइबाट छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते हुनुभएको भएको छ ।
घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा गएराति करेत सर्पले टोक्दा ६ बर्षीय बालिका इन्दु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनु भएको छ ।
प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार सर्पले टोकेपछि अस्पताल लैजानुको सट्टामा गाउँमा गुरुवाको भर परेर झारफुक गर्दा ६ बर्षीय बालिकाको मृत्युको भएको छ । प्रहरीका अनुसार सर्पको टोकाईबाट गम्भीर घाइते बालिकाकी आमा २५ वर्षकी आश्मा चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्