पहिरो पन्छाएपछि अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालन
चितवन । मङ्गलवार रातीदेखि वर्षासँगै आएको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग पहिरो पन्छाएसँगै सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ चुम्लिङटार र मौवाखोलामा बुधबार बिहान ७ बजे पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको थियो भने इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मनकामनामा पहिरोले सडक एकतर्फी सञ्चालनमा आएको थियो ।
चुम्लिङटार र मौवाखोलाको पहिरो पन्छाएर बिहान ८ः२० बजेदेखि सडक दुइतर्फी रुपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार मनकामनामा पनि पहिरो पन्छाएर दुइतर्फी सवारीसाधन सञ्चालनको तयारी भइरहेको छ ।
अहिले राजमार्गमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । बिस्तारको क्रममा रहेको यो राजमार्गमा ठूलो पानी पर्नासाथ पहिरो खसेर अवरुद्ध हुने गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्