तपाईँ सुन्दै हुनुहुन्छः

पौडेल र ऐरीले म्याक्स ६० क्यारेवियन टि टेन लिग नखेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यारेवियन टि टेन लिग नखेल्ने भएका छन् ।

टि टेनले गत महिना खेलाडी छनोटका लागि भएको ड्राफ्टबाट अनुबन्ध गरे पनि भिसा समस्याका कारण रोहित र दीपेन्द्रले लिगमा भाग नलिने भएका हुन् । क्यानडामा आगामी महिना हुने विश्वकप लिग २ अन्तर्गतको सिरिजका लागि उनीहरूले अब त्यही अभ्यास गर्ने उनले जानकारी दिए ।

टि टेनका लागि कप्तान रोहित मियामी लायन्समा र दीपेन्द्र भने ग्रैंड क्यामन स्टिंर्गेसमा अनुबन्ध भएका थिए । रोहित आबद्ध मियामिमा सोयब मल्लिक, डोयन ब्राबो, रवि भोपारा, कोरि एन्डरसन लगायतका खेलाडी रहेका छन् ।

दीपेन्द्र आबद्ध क्यामनमा भने एलेक्स हेल्स, रोविन उथप्पा, बेन डुक, जोशुवा लिटिल लगायतका खेलाडी आबद्ध रहेका छन् । नेपाली क्रिकेट टोली अभ्यासको लागि भारतमा रहेको छ । नेपालले भारतको बेंग्लोरमा रहेको नेसनल्स क्रिकेट एकेडेमी (एनसिए) मा दुई साता अभ्यास गर्नेछ ।

भारतमा हुने अभ्यासमा रोहित, दीपेन्द्र सहित सन्दीप लामिछाने पनि रहने छैनन् । सन्दीप पनि क्यानडामा नै छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button