तपाईँ सुन्दै हुनुहुन्छः

पानीको बहाव बढेपछि कोसी ब्यारेजका ३० वटा ढोका खोलिए

file photo

सप्तरी । पहाडी भेगमा वर्षा सँगै सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ३० वटा ढोका खुला गरिएको छ ।

मङ्गलवार दिउँसो २ बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव २ लाख १९ हजार ११५ क्युसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ ।

कोशी ब्यारेजमा अहिले खतराको सङ्केतको रातो बत्ती बालिएको छ ।

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button