तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक बस्दै, टिआरसी विधेयकसम्बन्धी प्रतिवेदन पेश हुने

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर सम्बन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सबन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ ।

बैठकमा पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ र शिक्षा स्वास्थ्य सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति बिमला सुवेदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संसोधन) विधेयकसबन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button