तपाईँ सुन्दै हुनुहुन्छः

कृषिमन्त्री अधिकारीद्वारा मन्त्रालयका पूर्व सचिवहरूसँग छलफल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आज कृषि मन्त्रालयका पूर्व सचिवहरू सँग छलफल गर्नुभएको छ । मन्त्री अधिकारीले पूर्व सचिवहरुको सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कृषि क्षेत्रमा विगत र अहिले देखिएका समस्या समाधान गर्दे कृषि मन्त्रालय र किसान वीच देखिएको खाडललाई पुर्ने आफ्नो प्रमुख उद्देश्य रहेको र यसका लागि पूर्व सचिवहरुको सुझाव महत्त्वपूर्ण हुने मन्त्री अधिकारीले बताउनुभयो ।

यस वर्ष किसानले विगतमा जस्तो मलको समस्या भोग्न नपरेको भन्दै मन्त्री अधिकारीले आफु मलको दीर्घकालीन समस्या समाधान तर्फ लागेको उल्लेख गर्नुभयो । किसानको दूधको रकम भुक्तानीमा देखिँदै आएको समस्यालाई आफूले गम्भिररुपमा लिएको बताउँदै मन्त्री अधिकारीले कृषि क्षेत्रमा रहेका समस्या समाधानका लागि कृषि ऐनलाई समय अनुकूल परिमार्जन गर्ने र कृषि विधेयकलाई चाडै टुङ्गोमा पुर्‍याउन लागेको पनि बताउनुभयो ।

छलफलमा पूर्व सचिवहरूले नयाँ पुस्ता अनुकूल कृषिमा रूपान्तरण आवश्यक भएको , कृषिमा उपलब्ध अनुदानको मूल्याङ्कन आवश्यक भएको , तिन तहका सरकार वीच समन्वय आवश्यक रहेको ,बाँझो रहेका जग्गामा उब्जनी गराउने उपाय खोजिनु पर्ने , कृषिमा विकास साझेदारहरूलाई आवश्यकताका आधारमा परिचालन गर्नुपर्ने लगायतका सुझावहरू दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button