तपाईँ सुन्दै हुनुहुन्छः

१ अर्ब २० करोड लागतमा पुल निर्माण हुँदै

बाँके । बाँकेको राप्ति सोनारि र नरैनापुर गाउँपालिकालाई जिल्ला सदरमुकाम नेपालगन्जसँग जोड्न हुलाकी राजमार्गअन्तर्गत बाँकेको राप्ती नदी सिधनिया घाटमा सात सय मिटर लामो पुल निर्माण कार्य सुरु भएको छ । नेपालगञ्ज–बघौडा हुलाकी सडकको सिधनिया घाटमा हाल प्रयोगमा रहेको पुल साँघुरो र वर्षामा बाढीको जोखिम हुने भएपछि पक्की पुल निर्माण थालिएको छ ।

हुलाकी राजमार्ग आयोजना अन्तरगत २०७९ माघ ४ गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएको उक्त पुल निर्माण कम्पनी लुम्बिनी रौताहा बन्दना भगवती जेभिले २०८० फागुन देखि निर्माण सुरु गरेको छ।

डिजाइन एण्ड वर्ड जिभिले डिजाइन एण्ड विल प्रक्रियाबाट निर्माण थालिएको पुल ७ सय मिटर लामो रहने छ भने दुईतर्फ एक दशमलव पाँच मिटरको फुटपाथ निर्माण गरिने छ। करिब १ अर्ब २० करोड लागतको पुलको हल्लसम्म करिब ३० प्रतिशत भौतिक प्रगति भएको हुलाकी राजमार्ग आयोजना नेपालगन्जका इन्जिनियर जनक बहादुर धामीले बताउनुभयो।

ठेक्का सम्झौता भएयता निर्माणको काम धमाधम गरिए पनि हालसम्म २४ करोड भुक्तानी पाउनुपर्नेमा २ करोड ९६ लाख मात्रै पाएको निर्माण कम्पनीले जनाएको छ। भुक्तानी नहुँदा काम अगाडि बढाउन समस्या भएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर राज पटेलको भनाई छ।

नयाँ पुल निर्माण हुन लागेकोमा स्थानीय बासिन्दा खुसि छन् । गुणस्तरीय ढङ्गले समयमै पुल निर्माण गर्नुपर्ने स्थानीय रजमत अलिले बताउनुभयो ।

उक्त पुल निर्माण सम्पन्न भएपछि नदीपारिका राप्ती सोनारी र नरैनापुर गाउँपालिकालाई आवागमनमा सहज हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button