तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सभा : दोस्रो कार्यकाल शुरु भएपछि ७ विधेयक पारित

जनकपुरधाम । मधेश प्रदेश सभा दोस्रो कार्यकालको करिब १९ महिनामा एक संशोधनसहित ७ वटा विधेयक पारित भएको छ ।

मधेश प्रदेश सभाबाट आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१, केही ऐन संशोधन गर्ने सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश बालिका संरक्षण गर्न बनेको विधेयक पारित भएको प्रदेश सभा सचिवालयका निमित्त सचिव विपिन ठाकुरले जानकारी दिनुभयो ।

दोस्रो कार्यकालका लागि प्रदेश सभा गठन भएपछि जम्मा १२ वटा विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएका छन् । बाँकी ५ वटा विधेयक विभिन्न समितिमा छलफलको क्रममा रहेको निमित्त सचिव ठाकुरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button