तपाईँ सुन्दै हुनुहुन्छः

युवालाई सहयोग गर्न राष्ट्रसङ्घका उपमहासचिवको आह्वान

बेइजिङ । संयुक्त राष्ट्रसङ्घकी उपमहासचिव अमिना मोहम्मदले दिगो विकासका लागि संयुक्त राष्ट्रसङ्घको २०३० एजेन्डाको प्रेरक शक्ति युवा रहेको बताउँदै  युवालाई विकासका लागि अझ बढी सहयोग गर्न आह्वान गर्नुभएको छ । 

सोमबार बेइजिङमा आयोजित सन् २०२४ को विश्व युवा विकास मञ्चलाई भिडियोमार्फत दिएको सन्देशमा मोहम्मदले यस्तो भनाइ राख्नुभएको हो  ।

“टुगेदर फर अ बेटर फ्युचर“ शीर्षकको यस मञ्चमा १३० भन्दा बढी देशका दुई हजार भन्दा बढी युवाहरू र अनलाइन र अन–साइट दुवै माध्यमबाट २० अन्तर्राष्ट्रिय संस्थाहरू सहभागी छन् ।

सदस्य राष्ट्रको सरकार, बहुपक्षीय सङ्गठन, निजी क्षेत्र र नागरिक समाजले युवाहरूलाई आवाज उठाउन आवश्यक स्रोत र मञ्चहरू उपलब्ध गराउनुपर्ने मोहम्मदले बताउनुभयो ।  

उहाँले युवाहरूको आवाज बढाउनका लागि संयुक्त राष्ट्रसङ्घ युवा कार्यालयले संयुक्त राष्ट्रसङ्घीय  प्रणाली र विश्वभरका सान्दर्भिक टोलीहरूसँग सहकार्य गर्ने वाचा गर्नुभयो ।  

उहाँले युवाको अधिकार र स्वतन्त्रताको संरक्षण गरी उनीहरूलाई सशक्त बनाउन गुणस्तरीय शिक्षा र सीपको महत्त्वलाई पनि जोड दिनुभयो ।  रासस/सिन्ह्वा 

प्रतिक्रिया राख्नुहोस्

Back to top button