तपाईँ सुन्दै हुनुहुन्छः

विशेष अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता कुँवर

काठमाडौँ । विशेष अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता टीकाबहादुर कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ ।

आज नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा उपाध्यक्षमा शशिनाथ मरासिनी, सचिवमा युवराज बञ्जाडे, सहसचिवमा कोपिला बस्नेत, कोषाध्यक्षमा गणेश घिमिरे निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

तेह्र सदस्यीय कार्यसमितिका सदस्यहरूमा सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, वसन्त जोशी, कुमारराज कार्की, यज्ञप्रसाद खतिवडा, बोलाराम पाण्डे र गङ्गाराम खनाल रहनुभएको छ ।

नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button