हिमालीमा पहिरो खस्दा ४ घाइते,दर्जनौँ पशु चौपाया च्यापिए
बाजुरा । बाजुराको हिमाली गाउँपालिका स्थित गोरु खर्कमा पहिरो खस्दा ४ जना स्थानीय घाइते भएका छन् भने दर्जनौँ पशु चौपाया च्यापिएका छन्।
शनिबार बिहान ९ बजेतिर आएको भारी बर्षासंगैको पहिरो बाट हिमाली गाउँपालिका ३ का प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा घाइते भएको हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मङ्गल बुढाले जानकारी दिनुभयो । ३० परिवारको बसोबास रहेको सो स्थानमा एक दर्जन जति पशुचौपाया समेत पुरिएको वडा अध्यक्ष बुढाले बताउनुभयो।
घाइतेहरूको उद्धार तथा क्षतिको एकिन विवरणका लागि प्रहरीको टोली त्यसतर्फ गइसकेको भए पनि दुरीका हिसाबले धेरै टाढा भएकाले प्रहरी पुग्न केही समय लाग्ने र प्रहरी घटना स्थलमा पुगे लगतै क्षतिको विस्तृत जानकारी प्राप्त हुने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्