४ करोड ८६ लाख बढीको इलेक्ट्रोनिक चुरोट (भेप) बरामद
वीरगन्ज । पर्सा प्रहरीले ४ करोड ८६ लाख २४ हजार आठ सय बराबरको इलेक्ट्रोनिक चुरोट (भेप) बरामद गरेको छ ।
वीरगन्जको रेल्वे रोडबाट प्रहरीको विशेष टोलीले आज १५ हजार २ सय पिस भेप बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी दीपक भारतीले जानकारी दिनुभयो ।

वीरगन्जको रेल्वे रोडस्थित डाँफे ट्रान्सपोर्टमा छापा मारी गरी प्रहरीले ७६ कार्टुन भेप बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले बताउनुभयो ।
वीरगञ्ज महानगरपालिका–६ रेल्वे रोड बस्ने राम प्रसाद बैरेको घरमा कोठा भाडामा लिई भारत विहारका सुदामा प्रसादले अनधिकृत रूपमा भण्डारण गरी राखेको भ्ािदबच च्बथब म्घ द्दछण्ण्ण् एगााक ७६ कार्टुनमा प्रति कार्टुन २०० पिसका दरले १५,२०० पिस भेप बरामद भएको ढुङ्गेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्