तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षक विद्यार्थी मिलेर रोपे डेढ बिगाह खेत (फोटो फिचर)

बाँके । विद्यार्थीहरूलाई जीवन उपयोगी शिक्षा सिकाउन शिक्षक विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका सदस्य मिलेर धान रोपेका छन् । बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर  ६  एच गाउँमा  रहेको ईश्वरी माध्यमिक विद्यालयमा बुधबार  शिक्षक र विद्यार्थी मिलेर  धान रोपाइँ गरेका हुन् । 

बिगत केही बर्ष स्कुलको नाममा रहेको  धान  खेती  गर्न  मिल्ने १ बिगाह १० कठ्ठा जमिन  ठेक्कामा दिँदै आइएको थियो ।  तर यस बर्ष भने विद्यार्थीहरूलाई व्यवहारिक सिप सङ्गै कृषिबारे  राम्रो जानकारी होस् र उनीहरुलाई अभ्यास होस्  भनेर विद्यालय आफैले खेत रोपाइँ गरेको विद्यालयका प्रधानाध्यापक राजकुमार सापकोटाले जानकारी दिनु भयो । धान खेतीबाट  आउने आम्दानी विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा खर्च गर्ने उद्देश्य राखिएको विद्यालयले जनाएको छ । 

विद्यालयमा आएर यसरी शिक्षकहरूसँगै धान रोप्न पाउँदा आफूहरूलाई निक्कै रमाइलो लाग्ने गरेको रोपाइमा सहभागी  विद्यार्थीहरूले बताएका छन् । 

पछिल्लो समय विद्यालयले शैक्षिक गुणस्तरसँगै  विद्यार्थीहरूलाई व्यवहारिक र जीवन उपयोगी सिकाइमा जोड दिँदै आएपछि अभिभावकहरूले पनि खुसी व्यक्त गरे । आफ्ना छोराछोरीले व्यवहारिक सिप सिकेसँगै  यहाँ सिकेको सिप घरमा गएर पनि  व्यवहारमा ल्याएको उनीहरू बताउँछन् ।  विद्यालयले गर्ने यस्ता क्रियाकलापलाई निरन्तरता दिन उनीहरूले आग्रह गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button