तपाईँ सुन्दै हुनुहुन्छः

गाजामा सङ्क्रामक रोगको खतरा: डब्ल्यूएचओ

जेनेभा । संयुक्त राष्ट्र सङ्घीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजामा चलिरहेको सामूहिक विस्थापनले जनस्वास्थ्यमा गम्भीर असर पारेको जनाएको छ ।

भिडभाड, उचित बासस्थानको अभाव, दूषित पानी, सरसफाई र स्वच्छताको न्यूनताको अवस्थाले सङ्क्रामक रोगहरूको खतरा बढाएको चेतावनी डब्लुएचओले दिएको हो ।

डब्ल्यूएचओका अनुसार अत्यधिक भिडभाड र धेरै जनसङ्ख्या भएका क्षेत्रहरूमा हुने आक्रमणहरूमा सामूहिक हताहतको जोखिम पनि बढिरहेको छ ।

निरन्तर जारी लडाइँ र स्वास्थ्य प्रणालीको सङ्कुचित क्षमतालाई ध्यानमा राख्दै गाजा बाहिर चिकित्सा सामग्रीको आवश्यकता पर्ने बिरामीहरूको सङ्ख्या बढ्ने प्रक्षेपण गरिएको संयुक्त राष्ट्रसङ्घीय निकायले चेतावनी दिएको छ ।

हाल डब्ल्यूएचओले सम्भावित मार्गमार्फत् बिरामीहरूको सुरक्षित र समयमै स्थानान्तरण सुनिश्चित गर्न गाजाबाट धेरै चिकित्सा सामग्रीको निकासीका लागि कोरिडोरहरू स्थापना गर्न आह्वान गरिरहेको छ ।

दश महिनादेखि जारी इजरायली कब्जाले गाजापट्टीमा विनाशकारी युद्ध चलिरहेको छ । यहाँ अधिकांश बालबालिका र महिलासहित दशौँ हजार शहीद, घाइते तथा बेपत्ता भएका छन् ।  युद्धमा स्वास्थ्य र शैक्षिक पूर्वाधारको ठूलो विनाश र खाना, पानी, औषधि र इन्धन आपूर्तिको असहजताका कारण करिब २० लाख मानिसहरू विस्थापित भए भने  खाद्य सङ्कटका कारण कैयौँ बालबालिकाको ज्यान  गएको छ । रासस/क्यूएनए   

प्रतिक्रिया राख्नुहोस्

Back to top button