सुस्तामा नेपालमै पहिलो पटक पुलको प्रयोग गरि राष्ट्रिय प्रसारण लाइन जोडिँदै

नवलपरासी,पश्चिम् ।पश्चिम् नवलपरासीको सुस्ता पारी पहिलोपटक राष्ट्रिय प्रसारण लाइन मार्फत विधुतिकरण हुने भएको छ ।अर्थात् पहिलो पटक विधुत लाइन विस्तार हुँदै छ ।नारायणी नदी पारीको सुस्ता गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जोडिन लागेको हो ।
विगतमा नदिबाट पोल गाडेर विद्युत् पुर्याउन सम्भव नभएपछि झोलुङ्गेपुल निर्माण पछि पुलबाटै प्रसारण लाइन विस्तार गरिँदै छ ।१ हजार ५ सय ७१ मिटर लम्बाइ रहेको पुलबाट तार बिस्तार गरिँदै छ ।अहिले तार करिब १ हजार मिटर सम्म बिस्तार भैसकेको नेपाल विद्युत् प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्त झाले जानकारी दिनुभयो ।
“झोलुङ्गे पुलबाट ११ केभीएको तार नेपालमै पहिलोपटक बिस्तार गर्दैछौ,यो हाम्रा लागि र सबैका लागि नौलो भएकाले यसमा सबैको चासो पनि छ त्यसैले विद्युतीय सुरक्षाका मापदण्ड पूरा गरेर नै तार बिस्तार गर्दै छौ”झा ले रेडियो नेपाल सँग भन्नू भयो ।शहरी बिकास मन्त्रालयको पूर्वाधार कार्यालय अन्तर्गतको झोलुङ्गे पुल डिभिजन सँग सहमति पश्चात् मात्रै विद्युत् प्रवाह गरिने झाले जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरणको १ करोड ३० लाख लागतमा एमडी राजा निर्माण सेवाले काम गरिरहेको छ ।सुस्ता गाउँमा अहिले सोलार प्रणाली बाट उत्पादित विद्युत् प्रयोग हुँदै आइरहेको छ ।

तत्कालीन समयमा टपसन इनर्जी प्रालीले निर्माणको जिम्मा पाएको उक्त सौर्य ग्रिडको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शिलान्यास गर्नुभएको थियो । कूल रु चार करोड ८० लाख ९२ हजार २६८ मा निर्माण गरिएको ग्रिडमा ६० प्रतिशत अर्थात् रु दुई करोड ८८ लाख ५५ हजार ३६१ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान छ भने तराई–मधेस समृद्धि कार्यक्रमको रु एक करोड ७५ लाख र सुस्ता गाउँपालिकाको रु १७ लाख ३६ हजार ९०७ रुपैयाँको लागतमा सोलार प्रणाली मार्फत बिधुतिकरण गरिएको थियो ।
आधारभूत आवश्यकता बाट समेर टाढा रहेका सुस्ता पारीका नागरिक राष्ट्रिय प्रसारण लाइन पुग्ने भएपछि हर्षित बनेका छन् ।विद्युतिकरण सँगै सुस्ताको समग्र विकासमा राज्यले ध्यान दिनुपर्ने सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्