तपाईँ सुन्दै हुनुहुन्छः

रासायनिक मललाई भन्सार जाँचपासमा प्राथमिकता दिन मन्त्री अधिकारीको निर्देशन

पर्सा । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले विदेशी मुलुकबाट आयात हुने रासायनिक मलको भन्सार जाँचपास प्रक्रियालाई उच्च प्राथमिकतामा राख्न वीरगञ्जका दुवै भन्सार कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको आज छुट्टाछुट्टै अनुगमन गर्नुहुँदै मन्त्री अधिकारीले आयातीत रासायनिक मलको भन्सार जाँच प्रक्रियालाई सहज र सरल बनाउन समेत आग्रह गर्नुभयो ।

मन्त्री अधिकारीले आजै खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, क्वारेन्टाइन कार्यालय (आइसिपी) र कृषि सामग्री केन्द्र प्रादेशिक कार्यालय लगायतको अनुगमन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button