तपाईँ सुन्दै हुनुहुन्छः

तीन विधेयक अधिवेशनमा पेस गर्ने गरी तयारी गर्न मन्त्री चौरसियाको आग्रह

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सदनको चालु अधिवेशनमा तीन विधेयक पेस गर्ने गरी अघि बढाउन आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको आजदेखि प्रारम्भ भएको छलफलमा मन्त्री चौरसियाले समितिमा विचाराधीन रहेका सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्को यही अधिवेशनमा पास गर्ने गरी अगाडि बढाउन आग्रह गर्नुभयो ।

बैठकमा यही साउन २९ गतेसम्म निरन्तर बैठक बसेर विधेयकमाथिको छलफल अघि बढाउने सहमति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button