तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वाधार सुधार गर्दै विद्यालयलाई व्यवस्थित बनाउँदै बर्दघाट नगरपालिका

नवलपरासी,पश्चिम् । सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधारका लागि बर्दघाट नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरूको स्तरोन्नति गर्ने भएको छ ।भौतिक रुपमा अव्यवस्थित रुपमा रहेका पठनपाठनमा समेत असहज भएका विद्यालयहरूको भौतिक गुणस्तर सुधारका लागि नगरपालिकाले एक करोड ५ लाख रुपैयाँ बिनियोज गरेको छ ।

नगरपालिकाले सूचना जारी गर्दै विद्यालयको आवश्यकता अनुरुप विद्यालय व्यवस्थापन समितिको निर्णय सहित पठाउन सबै विद्यालयलाई अनुरोध गरिएको छ ।

नगरप्रमुख शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चुहिने टिनका छाना फेरिने,फल्स सिलिङ,पङ्खा जडान,कक्षा कोठाहरूको सुधार एवं व्यवस्थापन गरिने छ ।विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन,शौचालय मर्मत सम्भार का साथै आवश्यकता र प्राथमिकताका आधारमा विद्यालयहरूको भौतिक गुणस्तर सुधार गरिने नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।प्राविधिक सहित विद्यालयको स्थलगत अनुगम गरि कार्यक्रम उपलब्ध गराइने श्रेष्ठले बताउनु भयो ।

“कतिपय विद्यालयमा पुराना चुहिने टिनका छाना छन्,ती छानाहरू फेर्ने र तराईको चर्को गर्मीमा विद्यार्थीहरूलाई पठनपाठनमै पनि समस्या छ, यो नहोस् भन्नका लागि फल्स सिलिङ लगाइने छ,नगर प्रमुख श्रेष्ठले भन्नू भयो ।

भौतिक सुधारले मात्रै शिक्षाको गुणस्तर सुध्रने भन्ने त होइन तर यो बर्ष हामीले शैक्षिक सुधार वर्षको रुपमा लिएका छौ ,सबै भन्दा बढी बजेट शिक्षामा नै बिनियोजन गरिएको छ,सबै सरोकारवालाहरूको ऐक्यबद्धता र सहकार्यबाट हामीले नै गुणस्तर पनि सुधार गर्ने हो र यो सँगै बिद्यालयहरुलाई पूर्वाधार सम्पन्न बनाउनु आवश्यक छ भन्ने पनि हो “नगर प्रमुख श्रेष्ठको भनाई छ ।

“कक्षा कोठामा डेक्स,बेन्च,शैक्षिक सामाग्री लगायतका अन्य सुबिधाहरुपनी छन् आवश्यकता अनुसार प्राथमिकताका आधारमा माग गरिनु पर्छ” ।पूर्वाधार युक्त विद्यालयले शिक्षण सिकाइलाई समेत सहज बनाउने सरस्वती माबिका प्रधानाध्यापक सोमनाथ अधिकारीले बताउनु भयो ।बर्दघाट नगरपालिकाका ३७ वटा सामुदायिक विद्यालयहरू रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button