मनसुनजन्य विपद्मा परी देशभर एक सय ५० जनाको मृत्यु
काठमाडौँ । बाढी, पहिरो लगायत मौसमजन्य विपद्मा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ ।
विपदमा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विपदमा ४९ जना बेपत्ता तथा एक सय ७७ जना घाइते भएका छन् भने बाढीका कारण तीन सय ८४ घर डुबानमा परेको प्रहरीले जनाएको छ छन् ।
यही जेठ २८ यताका भएका घटनाबाट चार हजार दुई सय १९ घरपरिवार विस्थापित भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्