जोखिममा रहेका बालबालिकालाई खाद्यान्न वितरण
कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकाभित्र जोखिममा रहेका बालबालिकालाई खाद्यान्न वितरण गरिएको छ ।
जोखिममा रहेका बालबालिकासहित अभिभावकलाई खाद्यान्न सामग्री वितरण गरिएको हो । ग्रामीण विकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालन भएको ‘सहयात्रा परियोजना थ्री’मार्फत गाउँपालिकाका आठवटा वडाका चार सय ३२ बालबालिकालाई खाद्यान्न वितरण गरिएको भिडिसेफका अध्यक्ष कल्पना रावलले जानकारी दिनुभयो ।
“जोखिममा रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन, उनीहरूको खाद्य अधिकार सुरक्षित गर्न आवश्यक सामग्री वितरण गरेका छौँ”, उहाँले भन्नुभयो ।
बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ४८ अनुसार अति जोखिममा रहेका बालबालिकालाई वडा बालअधिकार समितिको सिफारिसमा खाद्यान्न वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष धर्मा शाहीले बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्