तपाईँ सुन्दै हुनुहुन्छः

बेपत्ता एक पुरुष तिन दिनपछि मृत फेला

बाँके । बुधबार डुडुवा खोलामा आएको बाढीमा दाउरा टिप्न गएका कोहलपुरका एक पुरुष बेपत्ता भएको तिन दिनपछि मृत अवश्थामा फेला परेका छन् ।

कोहलपुरको क्रिकेट मैदान नजिकैबाट बाढीले बगाएर ल्याएका दाउरा टिप्न गएका जुम्ला कनका सुन्दरी गाउँपालिका-७ घर भई हाल कोहलपुर-१० कालिकानगरका ६५ वर्षीय हरिबहादुर रोकाय बेपत्ता हुनुभएको थियो ।

बेपत्ता रोकायलाई मृत अवस्थामा डुडुवा खोलाको कोहलपुर-७ को झरकट्टी भन्ने ठाउँमा फेला पारिएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो।

शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button