तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय दार्चुलाको राजस्व पौने करोड बढी

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक आर्थिक वर्षमा ९३ लाख ३१ हजार दुई सय २० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले गत आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयले सङ्कलन गरेको राजस्व बारे जानकारी दिनुभएको छ ।
कार्यालयले राहदानी शुल्कबापत ८५ लाख ७ हजार ५ सय, न्यायिक दण्ड, जरिवाना र जफतबाट १ लाख ५३ हजार ५ सय ६७ रुपैयाँ, हातहतियार इजाजत पत्र नवीकरण दस्तुरबाट ४ लाख ४३ हजार ४ सय, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट १ लाख १३ हजार राजस्व सङ्कलन गरिएको प्र जि अ जोशीले बताउनु भयो ।
यस्तै कम्पनी, संस्था रजिष्ट्रेसन नवीकरणबाट ७८ हजार ७ सय, सरकारी सम्पत्तिको विक्रीबाट ६ हजार ८ सय, परीक्षा शुल्क १७ हजार ७ सय र अन्य प्रशासनिक सेवा शुल्क ४ हजार सङ्कलन गरिएको उहाँले बताउनु भएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक वर्षको अवधिमा चार हजार भन्दा बढी नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button