तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा बाढीका कारण १३ जनाको मृत्यु

देहरादून । भारतमा मनसुनी वर्षाले निम्त्याएको आकस्मिक बाढीले १३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार  बताएका छन् । अधिकारीहरूले देहरादून क्षेत्रमा बाढीमा फसेका सयौँ तीर्थयात्रीहरूको हेलिकप्टरको माध्यमबाट उद्धार गरिएको बताएका छन् । 

अस्वाभाविक जलवायु परिवर्तनले मनसुनको समयमा विपद्का घटनाहरू बढाइरहेको विज्ञहरूले बताएका छन् । 

बाढीका कारण उत्तरी राज्य उत्तराखण्डमा समाचार तयार पार्दासम्म १३ जनाको मृत्यु भएको विपद् व्यवस्थापन अधिकारी विनोद कुमार सुमनले बताउनुभएको छ ।  

हिन्दू धर्मावलम्बीहरुको लोकप्रिय तीर्थस्थल केदारनाथ मन्दिरमा यात्रा गर्ने क्रममा रहेका करिब ७०० जना तीर्थयात्रीहरू बाढीबाट प्रभावित भएपछि हेलिकप्टरबाट उद्धार गरिएको  स्थानीय अधिकारीहरूले बताएका छन् । 

प्रभावित तीर्थयात्रीहरूलाई सुरक्षित यात्रा गर्नका लागि हेलिकप्टरहरू प्रयोग गरिरहेको  सुमनले बताउनुभयो ।  रासस/एएफप

प्रतिक्रिया राख्नुहोस्

Back to top button