तपाईँ सुन्दै हुनुहुन्छः

महिला भलिबल, नेपालले श्रीलङ्कालाई हरायो

काठमाडौँ । आजदेखि सुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भर्खरै संलग्न खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले श्रीलङ्कामाथि पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले पाखा लगाउँदै विजयी भयो । सोही प्रतियोगिताअन्तर्गत आजै हुने अर्को खेलमा इरान र भारतबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ५:४५ बजेदेखि सुरु हुनेछ ।

यस जितसँगै नेपालले तीन अङ्क जोडेको छ । अब नेपालले आफ्नो दोस्रो खेल शनिबार भारतसँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button