तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय गान गाएर मात्रै नगरको सेवा प्रवाह सुरु

नवलपरासी,पश्चिम् । बर्दघाट नगरपालिकाले हरेक दिन सेवा सुरु गर्नु पूर्व राष्ट्रिय गानमा सरिक हुने अभ्यास थालेको छ ।कार्यालय समय सुरु भएपछि कर्मचारी र जनप्रतिनिधि राष्ट्रियगानमा सहभागी भएपछि मात्रै सेवा प्रवाह सुरु गर्ने गरिको हो।

हरेक दिन ठिक १०ः०० बजे सबै कर्मचारीहरूको उपस्थितिमा राष्ट्रप्रति सम्मान जनाउँदै राष्ट्रिय गीत गाएर कार्य थालिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली कार्यालय प्राङ्गणमा स्पिकर बाट राष्ट्रिय गान बजाउने व्यवस्था मिलाइएको छ । हरेक दिन कार्यालय समय प्रारम्भ हुनेवित्तिकै जनप्रतिनिधि कर्मचारी र नगरप्रहरी लाइनमा बसेर राष्ट्रिय गान गाउने गरेका छन् ।

राष्ट्रिय गानमा सहभागी हुनुपर्ने भएपछि कर्मचारी हरू पनि ठिक समयमै उपस्थिति हुने हुँदा यो अभ्यास सकारात्मक हुने प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले बताउनु भयो ।

राष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही र कर्मचारीहरूमा राष्ट्रप्रतिको सम्मान बढ्ने नगरप्रमुख श्रेष्ठले बताउनु भयो । लुम्बिनी प्रदेशका केही स्थानीय तहहरुले दैनिक राष्ट्रिय गान गाएर सेवा प्रवाह गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button