पर्साको धोबिनीमा पुरुषको शव फेला
वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिकामा डुबेको अवस्थामा नहरमा एक जना पुरुषको शव फेला परेको छ ।
धोविनी गाउँपालिकाको वडा नम्बर्र-५ तुलसीवर्वा चोकस्थित सडक छेउको नहरमा स्थानीय ३५ वर्षीय कपिल देव रामको शव फेला परेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । स्थानीयले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
फेला परेको उक्त शव प्रहरीले मुचुल्का पछि पोष्टमार्टमका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी दिपक भारतीले बताउनु भयो ।
मृतक रामले अत्यधिक मादक पदार्थ सेवन गरी सडक खण्डबाट नहरमा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्