तपाईँ सुन्दै हुनुहुन्छः

यातायात व्यवस्था कार्यालय चितवनद्वारा ८८ करोड बढी राजश्व सङ्कलन

चितवन । यातायात व्यवस्था कार्यालय चितवनको एक वर्षमा ८८ करोड बढी राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आर्थिक वर्ष २०८०र०८१ को साउन महिनादेखि असार सम्म ८८ करोड २० लाख ८१ हजार ४४३ रुपैंया सङ्कलन गरेको हो । कार्यालयले यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी दर्ता सम्बन्धी दस्तुर, सवारी साधन कर, प्रशासनिक दण्ड जरिवाना, अन्य प्रशासनिक सेवा शीर्षकमा कर सङ्कलन गर्दै आएको छ ।

जसअनुसार सबैभन्दा बढी सवारी साधन करबाट ६३ करोड ५० लाख ६९ हजार ३८५ रुपैंया आम्दानी गरेको छ । यस्तै चालक अनुमति तथा सवारी दस्तुर शीर्षकबाट २० करोड ६१ लाख १८ हजार ५३९, यातायात क्षेत्रको आम्दानी ४ करोड दुईलाख ७४ हजार १३३ रुपैंया, प्रशासनिक दण्ड जरिवाना ५ लाख ७४ हजार ८६ रुपैंया, अन्य प्रशासनिक सेवाबाट ४० हजार ४०० रुपैंया र बेरुजु ४ हजार ९०० रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button