करिब ३ अर्बको भेनियर र प्लाइउड निर्यात

झापा । आर्थिक वर्ष २०८०/८१ मा पूर्वी नाका झापाको काँकडभिट्टाबाट दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको ९९ हजार ८०१ मेट्रिक भेनियर तथा प्लाइउड भारत निर्यात भएको छ ।
प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टा सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार आ.व. ०८०/०८१ मा २४ करोड १९ लाख ३४ हजार रुपैयाँ मूल्य बराबरको २१ हजार नौ सय ९४ मेट्रिक टन भेनियर निर्यात भएको छ भने दुई अर्ब ७१ करोड ९९ लाख २० हजार मूल्य बराबरको ७७ हजार सात सय १२ मेट्रिक टन प्लाइउड निर्यात भएको छ ।
यस्तै चार लाख ५९ हजार मूल्य बराबरको ९२ मेट्रिक टन प्लाइउड उत्पादन गर्ने क्रममा निस्कने काठको धुलो र १८ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको तीन मेट्रिक टन काठबाट बनेका हस्तकलाका सामान भारत निर्यात भएको छ ।
सोही अवधिमा २४ करोड १९ लाख ३४ हजार रुपैयाँ मूल्य बराबरको २१ हजार नौ सय ९४ मेट्रिक टन भेनियर उड भारत निर्यात भएको थियो । दुई अर्ब ७१ करोड ९९ लाख २० हजार मूल्य बराबरको ७७ हजार सात सय १२ मेट्रिक टन प्लाइउड निर्यात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवले जानकारी दिनुभयो ।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईँले भारतीय मुद्रा आर्जन गर्न र व्यापार घाटा न्यूनीकरण गर्न प्लाइउडलगायत काठजन्य उत्पादनको निर्यातले ठूलो योगदान पुर्याएको बताउँदै पहाडी जिल्लामा उत्पादन हुने कच्चा पदार्थ ढुवानीलाई सहज गर्नुपर्ने बताउनु भयो ।
पूर्वी पहाडको खेतबारीमा उत्तिसलगायत छिटो हुर्किने बिरुवा लगाएर प्लाइउड उत्पादन हुँदै आएको छ । काठको पाताबाट भेनियर उड उत्पादन हुने र भेनियर उडलाई प्रशोधन गरेर प्लाइउड बनाउने गरिन्छ । खेतबारीमा अन्नबाली रोप्दा बाँदर र वन्यजन्तुले नाश गरिदिने समस्या भोगिरहेका पहाडी क्षेत्रका किसानले रुखोपाखो बारीमा छिटो हुर्किने उत्तिसलगायत बिरुवा रोप्न थालेका छन् । यसबाट पर्यावरण संरक्षण र किसानको जीविकोपार्जनका क्षेत्रमा योगदान पुगिरहेको अध्यक्ष प्रसाईँले बताउनुभयो ।
झापा, इलाम, पाँचथर र ताप्लेजुङबाट सङ्कलन गरिएका काठबाट बनेका प्लाइउडलगायत काठजन्य उत्पादन पूर्वी नाका काँकडभिट्टा र तराईका अन्य नाकाबाट समेत भारततर्फ निर्यात भइरहेका छन् । पूर्वी पहाडको खेतबारीमा उत्तिसलगायत छिटो हुर्किने बिरुवा लगाएर प्लाइउड उत्पादन हुँदै आएको छ । काठको पाताबाट भेनियर उड उत्पादन हुने र भेनियर उडलाई प्रशोधन गरेर प्लाइउड बनाउने गरिन्छ ।








प्रतिक्रिया राख्नुहोस्