तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा परी पाँच बेपत्ता, दुईको उद्धार

गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ स्थित रेसेफाँट भिरमा मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् ।

बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् । बेपत्ता सोलाल गुरुङ, उनका छोरा जीत बहादुर गुरुङ, बुहारी शान्ति भनिने कान्छी गुरुङ बेपत्ता छन् । पहिरोमा परी रमेश गुरुङ, रमेश परियार बेपत्ता छन् । घाइतेहरूको नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याएको छ । पहिरोमा परी स्थानीय दिलीप गुरुङ र छाम बहादुर गुरुङ गम्भीर घाइते भएका छन् ।

आइतबार बिहान ३ः३० बजेतिर गएको पहिरोले एक घर र कृषि फर्मलाई पुरेको थियो । घाइतेहरूलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डौँस्थित ग्राण्डि अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button