तपाईँ सुन्दै हुनुहुन्छः

सीमान्तकृत समुदायमा सूचनाको हक सम्बन्धी  अभियान  सञ्चालन गर्नुपर्नेमा जोड

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले सीमान्तकृत जाति वर्ग र समुदायका लागि संविधानले व्यवस्था गरेका हक अधिकारबारे सूचना साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले अझै पनि पछि परेका समुदायहरू आफ्ना हकबारे जानकार हुन नसकेको भन्दै राज्यका निकायबाटै सचेतना कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने विचार व्यक्त गर्नुभयो । 

सांसदहरुले सार्वजनिक  निकायबाट आफूहरूले पाउने सेवा सुविधा थाहा नपाउनेहरू अझै पनि सेवाबाट वञ्चित हुनुपरेको, विभिन्न जातिमा भाषिक समस्या भएको भन्दै त्यस्ता वर्ग जाति समुदायमा सम्बन्धित भाषामा नै सूचनाको हकबारे जानकारी गराउन सरकारलाई आग्रह गर्नुभयो । 

बैठकमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले राजनीतिक पार्टीहरू तथा नेताहरूले समेत सूचना अधिकारी राख्नुपर्ने प्रावधान कार्यान्वयन हुन नसकेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button