तपाईँ सुन्दै हुनुहुन्छः

विमान दुर्घटना ज्यादै दुःखद, हृदयविदारक र अकल्पनीय : प्रधानमन्त्री ओली

काठमाडौँ । सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि  प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा ब्रिफिङ लिनुभएको छ । 

प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद, हृदयविदारक र अकल्पनीय भएको बताउनुभयो । उहाँले निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्नुभयो । घाइते क्याप्टेनको स्वास्थलाभको कामना गर्नुभयो । 

यसबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउँदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिनुभयो । घटना  कसरी भयो ? मानवीय वा प्राविधिक कमजोरी भयो ? भन्ने बुझ्न आग्रह गर्नुभयो  । 

ब्रिफिङमा गृहमन्त्री, पर्यटनमन्त्री, कायममुकायम मुख्यसचिव लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button