तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले त्रिदेशीय राजमार्गको देवीघाट–गल्छी सडक अवरुद्ध

नुवाकोट। अविरल वर्षासँगै बगेको पहिरोले ‘गल्छी–रसुवागढी सडक योजना’ अन्तरगतको देवीघाट–गल्छी सडक खण्ड अवरुद्ध भएको छ ।

विभिन्न चार स्थानमा गएको पहिरोले सडकको आवागमन पूरै अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिनुभयो । उहाँको अनुसार दुई स्थानमा सडकको माथिबाट पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ ।

सडक खुलाउन ‘हेभी उपकरण’ सहित कटान र पर्खाल लगाउनु पर्ने भएकाले समय लाग्ने देखिएको छ । तत्कालको लागी वैकल्पिक सडक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

नेपाल–चीन हुँदै भारतलाई समेत जोड्ने त्रिदेशीय अन्तर्राष्ट्रिय राजमार्ग अन्तरगत सडक अवरुद्ध भएसँगै धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली हुँदै रसुवागढी आउजाउ प्रभावित भएको हो । ‘गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक योजना’ अन्तरगत स्तरउन्नती गरेर यस सडकलाई त्रिदेशीय सञ्जालको सबैभन्दा छोटो दुरीको बनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button