परराष्ट्रमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–जापान सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा राजदूत किकुताले नवनियुक्त परराष्ट्रमन्त्री डा राणालाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्