तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

सभाको आजको बैठकमा सांसदहरुले बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट जनधनको क्षति पुगेको भन्दै विपद्मा  परि ज्यान गुमाउनेहरूलाई उचित क्षतिपूर्ति दिन सरकारलाई आग्रह गर्नुभयो । 

सांसदहरुले वैदेशिक रोजगारीमा गएका महिला कामदारहरूले डरलाग्दो घरेलु हिंसा भोग्न बाध्य भएको भन्दै तत्काल  उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

पछिल्लो समय नेपालमा आत्महत्याका घटना बढेकाले सरकारी तवरबाटै सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्ने, पोलियो रोग पुनः देखिन थालेकाले भ्याक्सिनको व्यवस्था गर्नुपर्ने लगायतमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button