तपाईँ सुन्दै हुनुहुन्छः

झापाका शिवालयमा भक्तजनको भीड, माईधाममा आजदेखि कनकाई आरती

भद्रपुर, झापा। यस वर्षको श्रावणी पर्व सुरु भएसँगै आज साउनको महिनाको पहिलो सोमबार आज विहानैैदेखि झापाका शिवालयहरूमा भक्तजनहरूको भीड लागेको छ ।

आज झापाको अर्जुनधाराको जलेश्वर धाम, माईधाम, शताक्षीधामलगायतका शिवालयहरूमा बिहानैदेखि पूजापाठ एवम् जल चढाउने भक्तजनहरूको भीड लागेको हो । कनकाईको माईधाममा आजदेखि कनकाई आरती समेत गरिँदै छ ।

साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन देशभरका शिवालयमा भक्तजनको भीड लाग्दछ ।

झापाको अर्जुनधारा जलेश्वरधाममा भक्तजनलाई सुविधाका लागि विशेष व्यवस्था गरिएको धामका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो । झापामा भक्तजनको सबैभन्दा बढी भीड अर्जुनधारा जलेश्वरधाममा लाग्ने गर्दछ भने स्नानका लागि कनकाई र्मामा भक्तजनहरूको भीड लाग्दछ ।

कनकाईमा आज साँदेखि सुरु हुने कनकाई आरतीको सबै तयारी पूरा भएको व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button