प्रधानमन्त्री नियुक्तिविरुद्धको रिट निवेदन संवैधानिक इजलासमा सुनुवाई हुने
काठमाडौँ । सर्वोच्च अदालतको एकल इजलासले प्रधानमन्त्री नियुक्ति विरुद्धमा परेको रिट निवेदनको सुनुवाइका लागि संवैधानिक इजलासमा पठाएको छ ।
सर्वोच्च अदालतका न्यायधीश बालकृष्ण ढकालको एकल इजलासले प्रधानमन्त्री नियुक्ति विरुद्ध परेको रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न रहेको भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।
अधिवक्ता दिपक अधिकारी, किर्तिनाथ शर्मा पौडेल र अधिवक्ता विजय हमालसमेतको छुट्टाछुट्टै रिट निवेदनमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने जिकिर गरिएको छ ।
रिट निवेदकले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा पुनः सरकार गठनको आव्हान गरेर राष्ट्रपतिले संवैधानिक व्यवस्थाको उल्लङ्घन गरेको जिकिर गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्