बीरगंजको आइसिपी भन्सार नाकाबाट २३ अर्ब ९५ करोडको खाद्यान्न आयात
बीरगंज । मुलुकको प्रमुख भन्सार नाका बीरगंजको आइसिपी भन्सार हुँदै आर्थिक बर्ष २०८०/८१ मा २३ अर्ब ९५ करोड ६ लाख ४० हजार मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न भित्रिएको छ ।
बीरगंज भन्सार कार्यालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०८०/८१ मा ८ अर्ब २८ करोड ५० लाख ७९ हजार मूल्य बराबरको धान भित्रिएको छ भने सो अवधिमा १ अर्ब ७१ करोड ७७ लाख ५३ हजार मूल्य बराबरको चामल भित्रिएको छ ।
त्यसैगरी, आईसिपी भन्सार नाकाबाट सो अवधिमा ८ अर्ब ५४ करोड ४२ लाख ४७ हजार मूल्य बराबरको मकै भित्रिएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।
यसैगरी बीरगंज नाकाबाट फापर, कोदोको पिठो लगायतका खाद्यान्न १ अर्ब ५९ करोड ७८ लाख ८४ हजार मूल्य बराबरको भित्रिएको छ भने गहुँ ४ अर्ब २० करोड ६३ लाख मूल्य बराबरको भित्रिएको छ ।
धान चामल, मकै र गहुँलगायतका खाद्य सामग्रीबाट बीरगंज भन्सारले १ अर्ब ३४ करोड ३७ लाख २४ हजार राजस्व असुली गरेको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो ।
गत बर्ष २०७९/८० मा बीरगंज नाकाबाट सो अवधिमा २२ अर्ब ४० करोड २३ लाख १६ हजार मूल्य बराबरको धान, चामल, मकै, फापर कोदो तथा गहुँलगायतका खाद्यान्न भित्रिएको र सो बापत १ अर्ब २६ करोड ६४ लाख २१ हजार राजस्व असुली भएको भन्सार प्रशासक पन्थीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्