तपाईँ सुन्दै हुनुहुन्छः

जनतामा उत्पन्न उत्साहलाई मर्न दिइने छैन : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिँदै सुशासन, कानुनी र नीतिगत सुधारका माध्यमबाट जनतामा सेवा प्रवाह बढाइ आशा जागृत गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले निर्माण सम्पन्न गरेर पनि भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीहरूको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले नयाँ सरकार गठनसँगै जनतामा उत्साह वृद्धि भएको उल्लेख गर्दै त्यो उत्साहलाई मर्न नदिने स्पष्ट गर्नुभयो ।

राष्ट्रिय सहमतिको सरकार गठनका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच गत असार १७ गते भएको सहमतिका विषयहरू पनि प्रधानमन्त्री ओलीले संसद्लाई अवगत गराउनुभएको छ ।

प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्ण विवरण यस प्रकार रहेको छ :

प्रतिक्रिया राख्नुहोस्

Back to top button