तपाईँ सुन्दै हुनुहुन्छः

‘पीडितलाई अधिकतम न्याय दिने सवालमा केन्द्रित हुने’

काठमाडौँ । नेपाल सरकारका महान्यायाधिवक्ता रमेश बडालले आज पद बहाली गर्नुभएको छ ।

महान्यायधिवक्ताको कार्यालयमा पद बहाली गर्दै महान्यायाधिवक्ता बडालले संवैधानिक र कानुनी दायराभित्र रहेर पीडितलाई अधिकतम न्याय दिने सवालमा केन्द्रित हुने बताउनुभयो ।

महान्यायाधिवक्ता बडालले संवैधानिक र कानुनी दायराभित्र रहेर सरकारलाई कानुनी सल्लाह दिने र त्यस अनुसार सरकारका विरुद्ध परेमा मुद्दाको पक्षमा बहस पैरवी गर्ने स्पष्ट पार्नुभयो ।

पद बहालीकै क्रममा महान्यायाधिवक्ता बडालले दोषीका विरुद्ध मात्र अभियोजन गर्ने र अभियोजना प्रणालीमा एकरुपता ल्याउने जानकारी दिनुभयो ।

यसअघि, आजै महान्यायाधिवक्ता बडालले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले महान्यायाधिवक्ता बडाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button