तपाईँ सुन्दै हुनुहुन्छः

म्यानमारमा बाढीका कारण  विद्यालय बन्द

यांगन(म्यानमा)। दक्षिणी म्यानमारको बागो क्षेत्र स्थित पान्डाउङ बस्तीका १९ वटा विद्यालय अय्यारवाडी नदीको बढ्दो जल स्तरका कारण बन्द गरिएको सरकारी म्यानमाको अलिन दैनिकले बिहीबार जनाएको छ ।

पान्डाउङ बस्तीका माध्यमिक तथा प्राथमिक विद्यालय सहित १६० वटा विद्यालय रहेकोमा १६ जुलाईदेखि आएको बाढीका कारण तल्लो क्षेत्रका १९ वटा विद्यालय अस्थायी रूपमा बन्द गरिएको स्रोतले जनाको छ ।

बन्द रहेका विद्यालयमा दुई हजार ८६४ जना विद्यार्थी र २०७ जना शिक्षक रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार,बर्षा नियन्त्रण भई नदीको सतहमा कमी आएपछि विद्यालयहरू पुनः खुल्नेछन् । रासस /एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button